बेनी, म्याग्दी — बाल शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालित तीन महिनाको मन्टेश्वरी तालिम म्याग्दीको बेनीको बजारमा सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कुश्मा पर्वतको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

बेनीमा सम्पन्न उक्त तालिममा २० जना सहभागीले मन्टेश्वरी शिक्षण विधिका विविध पक्षमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्राप्त गरेका थिए। तालिममा प्रशिक्षकको भूमिका निभाउँदै “निकिता आचार्यले सहभागीहरूलाई बालमनोविज्ञान, कक्षा व्यवस्थापन, पठनपाठनको प्रविधि र मन्टेश्वरी विधिको प्रयोगात्मक अभ्याससमेत गराउनु भएको थियो।

तालिममा २० जना सहभागीले बाल शिक्षासम्बन्धी व्यवहारिक सीप, मन्टेसरी पद्धति, बालमनोविज्ञान, कक्षा व्यवस्थापन र सिर्जनात्मक अध्यापन विधिमा दक्षता हासिल गरेका थिए।  तालिम २०८१ चैतको १८ गते देखि २०८२ असारको १६ गते सम्म तालीम सञ्चालन भएको हो।

कार्यक्रममा प्रमुख प्रशिक्षक “निकिता आचार्यले सहभागीहरूलाई नयाँ सोंच र प्रयोगात्मक अभ्यासमार्फत सिकाइ प्रक्रिया सरल र बालमैत्री बनाउन मद्दत गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिका खेल खेल्दै सिक्छन्, तिनको स्वाभाविक विकासलाई बुझेर अध्यापन गर्ने क्षमता यो तालिमले विकास गराएको छ। सहभागीहरू अब व्यवहारिक रूपमा बाल शिक्षामा रुपान्तरण ल्याउन सक्षम छन्।”

यसैगरी, तालिममा अध्यापन गराउनु भएकी निकिता आचार्यले समेत सहभागीहरूलाई मन्टेसरी विधिमा आत्मनिर्भर बन्न र सिकाउने सीपलाई अझै निखार्न प्रेरणा मिलेको बताउनुभयो।

कार्यक्रममा तालिम केन्द्रका प्रमुख मोहन चन्द्र सुवेदीले प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने आधारका रूपमा यस्तो तालिमलाई लिइनुपर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “बालबालिकाको पहिलो सिकाइ अनुभव सकारात्मक र सिर्जनशील बनाउन यस्तो तालिम अपरिहार्य छ।”

सहभागी मध्ये मनिषा हमालले तालिमबाट आफूले धेरै नयाँ कुरा सिक्न पाएको बताउँदै भनिन्, “यस तालिमले बालबालिकालाई बुझ्ने दृष्टिकोण परिवर्तन गरिदियो। व्यवहारिक अभ्यासहरूले आत्मविश्वास बढायो र अब शिक्षकका रूपमा अझ जिम्मेवार हुने प्रेरणा मिल्यो।”

तालिम समापन कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरज केसीले नगरभित्र शिक्षाको स्तर उकास्न मन्टेश्वरी तालिम महत्वपूर्ण हुने बताउँदै भन्नुभयो, “शिक्षकको दक्षता बढाएर मात्र हामी शिक्षाको गुणस्तर सुधार गर्न सक्छौं। यस्तो तालिमले बालशिक्षामा रुपान्तरण ल्याउनेछ। नगरपालिकाले यस्ता तालिमलाई निरन्तरता दिन तत्परता जनाउनेछ।”

बैशाख महिनादेखि सुरु भएको उक्त तालिम तीन महिनासम्म सञ्चालन गरिएको थियो। तालिमले सहभागीहरूमा व्यवहारिक सीप, बालमैत्री पठनपाठन र मन्टेश्वरी विधिको गहिरो ज्ञान प्रदान गरेको आयोजकको भनाइ छ।