लामो समयदेखि बागलुङदेखि भुकुन्देसम्मको यात्रु सेवा प्रदान गर्दै आएका गाडी चालक राजेश बोहोराले पुनः यात्रु सेवा सुरु गरेका छन्। असहज सडक अवस्थाका बीच पनि यात्रुहरूको मागलाई मध्यनजर गर्दै सेवा पुनः सञ्चालन गरिएको जानकारी दिएका छन्।
गाडी चालक बोहोराले भने, “विगत लामो समयदेखि हुसिनी यातायातमार्फत यात्रु सेवा दिँदै आएको छु। यात्रुहरूलाई सहज र सुरक्षित सेवा प्रदान गर्न यो पुनः सुरु गरेको हुँ। अहिले सडकको अवस्था अलिकति कठिन भए पनि यात्रुहरूका लागि सस्तो र भरपर्दो सेवा दिन प्रतिबद्ध छु।”
उनका अनुसार जिप सेवा बागलुङ–अर्जम–पाखाथर–फाफरखेत हुँदै भुकुन्देसम्म सञ्चालन हुनेछ। सडक समस्या र इन्धनको मूल्य वृद्धिलाई ध्यानमा राख्दै भाडादर निम्नानुसार निर्धारण गरिएको छ:
१. बागलुङ – अर्जम: रु.१५०
२. बागलुङ – पाखाथर: रु. १५०
३. बागलुङ – फाफरखेत: रु. १८०
४. बागलुङ – भुकुन्दे: रु. २००
बोहोराले यात्रुहरूलाई समयमै सम्पर्क गरी सवारी सुविधा उपयोग गर्न आग्रह गरेका छन्। यात्रुहरूको सन्तुष्टि नै आफ्नो प्रेरणा भएको बताउँदै उनले सेवा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।








