जलजला गाउँपालिका–७, मिलन्चोकमा बेवारिसे अवस्थामा फेला परेका एक अन्दाजी ३५ वर्षीय भारतीय नागरिकजस्तो देखिने व्यक्ति सुरक्षित रूपमा उद्धार गरी मानव सेवा आश्रम, बागलुङमा स्थानान्तरण गरिएको छ।
उक्त व्यक्तिले आफ्नो नाम नुनेन्द्र राम पंकज भएको बताउनु भएको छ। उहाँलाई प्रहरी चौकी मिलन्चोक र जलजला गाउँपालिकाको समन्वयमा उद्धार गरी आज जलजला गाउँपालिकाको एम्बुलेन्समार्फत आश्रममा पु¥याइएको हो।
घटनापछि सक्रियतापूर्वक उद्धार कार्यमा जुटेका जलजला गाउँपालिका अन्तर्गत लामाखेतका अध्यक्ष राजु प्रसाद आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्य गर्नु पालिकाको कर्तव्य भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समाजमा यस्तो अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, संरक्षण र मानवताको भावनाका साथ व्यवहार गर्नु हामी सबैको जिम्मेवारी हो। यस्ता कार्यमा गाउँपालिका सदैव जिम्मेवार रूपमा अघि सर्छ।”
स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा सफल रूपमा सम्पन्न उद्धार कार्यप्रति धन्यवाद दिँदै अध्यक्ष आचार्यले मानव सेवा आश्रमलाई पनि विशेष आभार व्यक्त गर्नुभयो। जलजला गाउँपालिकाले यसअघि पनि मानव सेवा केन्द्रहरूसँग सहकार्य गर्दै समाजमा वेवास्तामा परेका व्यक्तिहरूको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।








