नेपाली हिपहपको क्षेत्रमा निरन्तर आफूलाई स्थापित गर्दै आएका सुरज बोहोरा (Oñly King) ले आफ्नो नयाँ म्युजिक भिडियो ‘मनको भावना’ सार्वजनिक गरेका छन्। माया, संघर्ष र आत्म–अभिव्यक्तिमा आधारित यस गीतमा शब्द, लय र स्वर स्वयं बोहोराकै रहेको छ।
गीतको मिक्सिङ तथा स्टुडियो कार्य पोखरास्थित टाङ्बे स्टुडियोले गरेको हो। आधुनिक हिपहप शैलीमा तयार गरिएको यस गीतमा उनी आफ्ना जीवनका अनुभूति र मनको कथा प्रस्तुत गर्छन्।
बोहोराले सार्वजनिक गीतप्रति सबैको प्रेम र साथको अपेक्षा व्यक्त गर्दै भनेका छन्—
“साना–साना पाइलाबाटै अघि बढ्दै छु, मौलिक नेपाली हिपहपलाई अझै परिमार्जन गर्दै दर्शक–श्रोताको मनमा छाप छोड्ने प्रयास गरेको छु। सबैले हेरिदिनुहोला, माया गरिदिनुहोला।”
गीत तथा भिडियो हेरेर कलाकारलाई प्रोत्साहन गर्न उनको युट्युब च्यानलमा गई Like, Comment, Share तथा Subscribe गरी साथ दिन अनुरोध गरिएको छ।
नेपाली हिपहपको यात्रा अघि बढाइरहेका सुरज बोहोरा (यलथि पष्लन) को यस नयाँ सिर्जनाले नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा थपेको छ।








