नेपाल कम्युनिस्ट पार्टी एमाले म्याग्दीले आज मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा पार्टी बिस्तारित बैठक कार्यक्रम सम्पन्न गरेको छ।
बैठकमा पालिका स्तरको निर्वाचन परिचालन कमिटी गठन तथा आगामी निर्वाचनलाई लक्षित कार्ययोजना निर्माणका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने रणनीतिबारे विचार–विमर्श गरिएको जनाइएको छ।
बैठकको अध्यक्षता सन्तनाथ सुवेदीले गर्नुभएको थियो भने प्रमुख अतिथि नरदेवी पुन रहनुभएको थियो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष प्रमोद श्रेष्ठ, खरमाया बिटालु, सतप्रसाद रोका, बेग गर्वुजा, मोतिराज शर्मा तथा प्रकाश पौडेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।
वक्ताहरूले पार्टीलाई जनताको भरोसायोग्य शक्ति बनाउँदै संगठन विस्तार र निर्वाचन तयारीलाई प्रभावकारी बनाउने विषयमा जोड दिनुभएको थियो।








