रघुगंगा, म्याग्दी नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको पाँचौँ पालिका भेला तथा विस्तारित बैठक बिहीबार रघुगंगा-३, पिप्ले राखुमा सम्पन्न भएको छ। पार्टी सङ्गठन सुदृढीकरण, जनसम्बन्ध विस्तार तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको हो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठले पार्टीको नीति र सिद्धान्तलाई तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उहाँले जनताको सुख-दुःखमा साथ दिँदै पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पार्टीको सांगठनिक ढाँचा र आगामी कार्यभारका विषयमा आफ्ना धारणा राख्नुभयो। त्यसैगरी, नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले जिल्लाको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिक तयारीबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
सांगठनिक ढाँचा र आगामी कार्यभारका विषयमा आफ्ना धारणा राख्नुभयो । बैठकमा अन्य वक्ताहरूले पनि पार्टीको गतिशीलताका विषयमा चर्चा गर्नुभयो:
युवा नेता प्रकाश पौडेल र नेतृ बलादेवी राई: युवा र महिलाहरूको सक्रिय सहभागिताले मात्रै पार्टीलाई थप गतिशील र ऊर्जावान् बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी युवा नेता सुवास विश्वकर्मा लगायत जिल्ला तथा स्थानीय तहका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष झलक शर्माको अध्यक्षतामा सम्पन्न सो बैठकले पार्टीको स्थानीय तहको संगठनलाई थप चुस्त बनाउने र जनस्तरका समस्या समाधानमा सक्रिय रहने विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ।








