राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले युवराज रोकाको सभापतित्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

शनिबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले समितिको उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा, सहसचिवमा सन्तोष ढुङ्गाना र कोषाध्यक्षमा हिरा बहादुर थापालाई निर्वाचित गरेको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा सागर कुमार शर्मा पौडेल, कोपिला कुमारी शाही, गुनमाया पुर्जा, सरोज सुवेदी, पूर्ण बहादुर खत्री र युवराज सुवेदी चयन भएका छन् ।

पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूको उपस्थितिमा सम्पन्न अधिवेशनमा बोल्दै नवनिर्वाचित सभापति रोकाले जिल्लामा सुशासन, समृद्धि र सकारात्मक परिवर्तनको अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । अधिवेशन भव्य रूपमा सम्पन्न भएको भन्दै पार्टीका शुभेच्छुक तथा कार्यकर्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।