जिल्ला ट्राफिक प्रहरी कार्यालय, बेनी म्याग्दीले ट्राफिक नियम उल्लंघनका कारण कारबाहीस्वरूप नियन्त्रणमा लिइएका सवारीसाधनका कागजपत्र असार मसान्तभित्र जरिवाना बुझाई फिर्ता लैजान सम्बन्धित सवारीधनी तथा चालकलाई आग्रह गरेको छ।
कार्यालयले सूचना जारी गर्दै आफ्नो कार्यालय तथा मातहतका ट्राफिक पोष्टबाट नियन्त्रणमा लिइएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (बिलबुक) र रुट परमिट लगायतका कागजपत्र असार ३२ गतेसम्म नियन्त्रणमा रहेकाहरूले २०८३ साल असार मसान्तभित्र आवश्यक जरिवाना बुझाई २४ घण्टे पुर्जीको अर्धकट्टीसहित सम्बन्धित कार्यालय वा मातहतका पोष्टबाट आफ्नो कागजपत्र बुझेर लैजान अनुरोध गरेको हो।
कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बिशाल दर्जीले समयमै कागजपत्र फिर्ता नलिए सेवाग्राहीलाई अनावश्यक असुविधा हुन सक्ने भएकाले तोकिएको अवधिभित्रै प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।
थप जानकारीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले १०३, ९८५७६२४१०५ र ९८५७६२४१९९ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।









