(म्याग्दी), बेनीस्थित मालिका मोबाइल सेन्टरका प्रोप्राइटर गंगा बहादुर पुन वैशाख–असार अवधिका लागि ‘बेस्ट सेलर’को रूपमा सम्मानित भएका छन्।
Myagdi Mobile and Accessories ले आयोजना गरेको सम्मान कार्यक्रममा वैशाख–असार महिनामा उत्कृष्ट बिक्री प्रदर्शन गर्दै ‘बेस्ट सेलर’ बन्न सफल भएको भन्दै पुनलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।
प्रमाणपत्रमा “वैशाख–असार महिनाको बेस्ट सेलर बन्न सफल भएकोमा हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौँ” उल्लेख गरिएको छ। कार्यक्रममा कम्पनीका व्यवस्थापक सुयोग श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै व्यवसायिक इमानदारी, ग्राहकप्रतिको विश्वास र निरन्तर मेहनतकै कारण मालिका मोबाइल सेन्टरले यो उपलब्धि हासिल गरेको बताए। सम्मानपछि प्रतिक्रिया दिँदै मालिका मोबाइल सेन्टरका प्रोप्राइटर गंगा बहादुर पुनले यो सम्मान सम्पूर्ण ग्राहक, शुभेच्छुक र सहयोगीहरूको विश्वासको प्रतिफल भएको बताए।
उनले भने, “यो सम्मान मेरो व्यक्तिगत उपलब्धिभन्दा पनि हामीलाई विश्वास गरेर साथ दिनुहुने सम्पूर्ण ग्राहकहरूको हो। उहाँहरूको विश्वास, माया र निरन्तर सहयोगकै कारण हामीले यो सफलता प्राप्त गर्न सकेका हौँ। आगामी दिनमा पनि गुणस्तरीय मोबाइल, एसेसरिज तथा भरपर्दो सेवा प्रदान गर्दै ग्राहकको विश्वास अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
पुनले आगामी दिनमा पनि ग्राहकमैत्री सेवा, गुणस्तरीय उत्पादन तथा उचित मूल्यलाई प्राथमिकतामा राख्दै व्यवसायलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
स्थानीय बजारमा मोबाइल तथा मोबाइल एसेसरिजको बिक्री र सेवामा सक्रिय मालिका मोबाइल सेन्टरले पछिल्ला वर्षहरूमा ग्राहकको विश्वास जित्दै आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै आएको छ।








