काठमाडौं । ककरोच पार्टीका संस्थापक अभिजित दीपकेले भारतीय सत्तासँगको लडाइँ अझै बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।

शिक्षामन्त्रीको राजीनामाको माग सम्बोधन भए पनि अझै केही मुद्दा बाँकी नै रहेको उनको प्रतिक्रिया छ । ”जसले आफूलाई राजा ठानेर बसेको छ । त्यो हाम्रै कारणले बनेको हो । त्यसविरुद्ध लड्न डराउनुहुँदैन । यो लोकतन्त्र हो र लोकतन्त्रमा बोल्न डराउनु कुरा हुँदैन। हाम्रो लडाइँ अझै सकिएको छैन । ”

प्रश्नपत्र लिकपछि सार्वजनिक भएको नतिजाका कारण विद्यार्थीहरूले आत्महत्या गरेको भन्दै उनीहरूका परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग ककरोच जनता पार्टीको छ । उक्त माग सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने उनले बताएका छन् । ”जबसम्म यो माग पुरा हुँदैन,हाम्रो विजय हुँदैन,” दीपकेको भनाइ छ ।