बागलुङ। इन्फोसिस एजुकेसनल कन्सल्टेन्सी (केआईईसी) को नयाँ शाखा बागलुङ नगरपालिका-२ लोकतान्त्रिक चोकमा सञ्चालनमा आएको छ । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि गुणस्तरीय शैक्षिक परामर्श दिंदै आएको केआईईसीको यो नयाँ शाखा हो ।

केआईईसीले विदेशी शैक्षिक संस्थाहरुको शैक्षिक वातावरण एवं विद्यार्थीका लागि आइपर्ने चुनौती तथा अवसर बारे र विदेश जानुअघि चाहिने सबै प्रक्रिया, भाषिक ज्ञान दिनुका साथै अध्ययनका लागि सुविधासम्पन्न कक्षा कोठा, लाइब्रेरी, कम्प्युटर कक्षको व्यवस्था गरेको छ ।

यस शैक्षिक संस्थाले विगत १८ वर्षदेखि विद्यार्थीहरुलाई अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, कोरिया, फ्रान्स, आयरल्यान्ड, युके, जर्मनी, न्यूजिल्यान्डलगाएतका देशहरूमा पठाउँदै आएको छ ।

केआईईसीका सुमन भण्डारीका अनुसार शैक्षिक परामर्श सेवा लिनको लागि पोखरा, भरतपुर र काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

बागलुङ बजारमा खुलेको नयाँ शाखाबाट सुपथ मूल्यमा गुणस्तरीय शैक्षिक परामर्श सेवा पाउने भएकोले अबदेखि विद्यार्थीको समय र पैसा दुबै बच्ने इन्फोसिस एजुकेसनल कन्सल्टेन्सीका सन्तोष पौडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो ।