बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका वडा नं १ लेवाङमा हावाहुरीका कारण आधा दर्जन घरको छानो उडाएको छ ।

शुक्रबार दिउसो साढे दुई बजेको समयमा वर्षात् सँगै आएको हावाँहुरीले स्थानियको घरको छानो उडाएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।

स्थानीय देव सिंह वि.क,भिम बहादुर वि.क,रिम बहादुर वि.क,भोट बहादुर वि.क रामु वि.क ,प्रेम वि.क र होम बहादुर वि.क को जस्ताले छाएको घरको छानो पुर्ण रुपमा उडाएर बस्न नमिल्ने अवस्थामा रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिएका छन् ।
घरमा बस्न नमिल्ने गरी आधा दर्जन घर परिवार आफन्तकोमा आश्रय लिएर बस्न बाध्य भएको निसीखोला गाउँपालिका वडा नं एकका वडा अध्यक्ष चन्द्रसिंह रामजालीले जानकारी दिएका छन् ।

हावाहुरीले आधा दर्जन घरपरिवार विस्थापित भएका छन् । शुक्रबार वर्षातको कारणले घटना स्थलमा प्रहरी पुग्न नसकेको तर शनिबार पुगेर घटनाको मुचुल्का गर्ने र क्षतिको विवरण आउने प्रहरीले जानकारी दिएको छ ।

थप क्षतिको विवरण प्रप्ता भए सँगै पालिकाले राहतको व्यवस्था गर्ने वडा अध्यक्ष रामजालीले जानकारी दिए ।