• राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलनलाई कास्टिङ मात्र भने।
  • राजावादीहरूले राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै काठमाडौंमा प्रदर्शन गरे।
  • उपत्यकाका ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगे।

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन् ।

राजावादीहरुले आजबाट आन्दोलन थालेका छन् । र, पहिलो दिनको प्रदर्शनलाई लिङदेनले कास्टिङ मात्र भएको बताएका हुन् । ‘आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ’, उनले भनेका छन् ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।