१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा म्याग्दीको बेनीबजारमा ‘जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणाको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रम आयोजना हुने भएको छ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति, म्याग्दीको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता डा. यामबहादुर किसान रहने छन्। विचार गोष्ठी आगामी २०८२ साल जेठ २१ गते बुधबार बेनीबजारमा हुने जानकारी आयोजकले जनाएका छन्।

कार्यक्रममा विविध पक्षबाट जातीय भेदभाव र छुवाछुत सम्बन्धी विद्यमान अवस्थाको समीक्षासँगै मुक्त राष्ट्र घोषणाको सान्दर्भिकता र चुनौतीबारे छलफल गरिने आयोजकको भनाइ छ।

‘सम्पूर्ण दलितहरू एक हौँ’ भन्ने नाराका साथ आयोजना हुने यो कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैलाई समयमै उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रण गरेका छन्।