शिब बोहोरा म्याग्दी, अन्नपूर्ण – अन्नपूर्ण हीरक महोत्सवको भव्य उद्घाटन समारोहमा सहभागी हुन म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आउनुभएको छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण क्षेत्रको भौतिक पूर्वाधार, पर्यटन सम्भावना र ऐतिहासिक विकास यात्रा सम्बन्धी महत्वपूर्ण अभिव्यक्ति दिनु भएको छ ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्नपूर्ण हीरक महोत्सव–२०८२ को भव्य उद्घाटन गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रूपमा आउनु भएको छ। हीरक महोत्सव स्थापनाको ७५ वर्षले अन्नपूर्ण क्षेत्रको सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्त्व उजागर गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्नपूर्ण क्षेत्रको समृद्धिको ढोका खोल्ने हिसाबले पहिलोपटक बेनीदेखि मुस्ताङ जोड्ने सडक खण्डलाई ४ अर्ब १० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको जानकारी दिनु भयो । “सडक निर्माणले यहाँको पर्यटन, व्यापार र जनजीवनमा नयाँ युगको सुरुवात गरेको छ,” उहांले भनुभयो।

प्रधानमन्त्री ओलीले अन्नपूर्ण हिमाल र अन्नपूर्ण गाउँपालिकाको प्राकृतिक, पर्यटकीय र आर्थिक सम्भावनाको चर्चा गर्दै अन्नपूर्ण हिमाल आरोहणका क्रममा अहिलेसम्म ७२ जना आरोहीको ज्यान गइसकेको तथ्याङ्कसमेत सार्वजनिक गर्नुभयो। यो क्षेत्र केबलकार, फास्ट ट्र्याक र जलविद्युत् हाइड्रोपावर को अपार सम्भावना बोकेको छ,तर, मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजना प्रस्तुत गर्दा मलाई त हावामै उडाइयो। तर अब सरकारले हावाबाट बिजुली निकालेको छ ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा अन्नपूर्ण हिमाल र गाउँपालिकाको समग्र विकासका लागि संघीय सरकारले आवश्यक बजेट विनियोजन गर्ने र सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।