म्याग्दी, बेनी — “नजिक सर्ने हो” बोलको नयाँ गीतको छायांकन म्याग्दीको बेनी बजार तथा बेनी नगरपालिकाका विभिन्न स्थानमा सम्पन्न भएको छ। गीतमा म्याग्दीको प्राकृतिक सौन्दर्य र शहरी परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा खिमा पुन, राजकुमार परियार र विजय परियारको सुमधुर स्वर रहेको छ भने निर्देशन ध्रुव जिसीले गरेका छन्। गीतको लय रबि कार्कीले तयार गरेका हुन् भने शब्द निचल दवाडीको रहेको छ।

भिडियोमा मोडेल मनोज गुरुङ र मेनुका पुनले अभिनय गरेका छन्। छायांकन सुरेश काफ्लेले गरेका हुन् भने एरेन्ज (संगीत संयोजन) कृष्ण के.सी.ले गरेका छन्। गीतको रेकर्डिङ भने काठमाडौंस्थित एक स्टुडियोमा गरिएको हो।

सर्जकहरूको भनाइ अनुसार, यो गीतले माया, नजिकिन खोज्ने सम्बन्ध र भावनात्मक तानाबानालाई समेट्ने प्रयास गरेको छ। चाँडै नै गीतको भिडियो डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने बताइएको छ।