म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुकोट पखाथरकी तारा बोहोरा भारतको हैदराबादमा हत्या गरिएको अवस्थामा फेला परेकी छिन्। भारतीय प्रहरीले दिएको जानकारी अनुसार, बोहोराको शव सुर्केसमा प्याक गरी खोलामा फालिएको अवस्थामा फेला परेको हो।
हत्या अभियोगमा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले एक युवालाई पक्राउ गरिसकेको जनाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार, पक्राउ परेका युवकले नै तारा बोहोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
बोहोरा २०८१ सालको माघ महिनामा रोजगारीको लागि दिल्ली जाने भन्दै घरबाट निस्किएकी थिइन्। परिवारका सदस्यहरूसँग सम्पर्क विच्छेद भएको केही समयपछि उनी हराइरहेको भन्दै परिवारले खोजी गरिरहेका थिए।
हाल घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।








