“समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाका विभिन्न स्थानमा प्रहरीद्वारा एकदिने अन्तरक्रिया तथा लघु सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

मिति २०८२ साल जेठ २३ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय घोडेपानी, दाना, प्रहरी चौकी शिखघार, बाबियाचौर, सिंगातातोपानी र अस्थायी प्रहरी पोष्ट चिमखोलाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम अन्तर्गत साइबर क्राइम, आत्महत्या रोकथाम, लागुऔषध दुर्व्यसन न्यूनीकरण, घरेलु हिंसा नियन्त्रण तथा विपद् व्यवस्थापनबारे प्रशिक्षण दिइएको थियो। सहभागीहरुलाई सचेतनामूलक पर्चा वितरण गरिएको र स्थानीय समुदायसँग अन्तरक्रिया गरिँदै विषयवस्तिबारे जानकारीमूलक छलफल गरिएको प्रहरीले जनाएको छ।

समुदायसँगको सहकार्य र विश्वासलाई अझ सुदृढ बनाउँदै अपराध न्यूनीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।