पर्वत, जलजला — जलजला गाउँपालिकाले सुरु गरेको लक्षित वर्गका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ। गाउँपालिका–७, धाइरिङ कलैचेकी बिरामी शान्ती आचार्यले हालै घरबाट बेनी अस्पतालसम्मको यात्रा यस सेवामार्फत निःशुल्क रूपमा गर्नुभएको छ।

गाउँपालिकाको यो पहलले दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर नागरिकलाई आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले शान्ती आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, “यस सेवाबाट लक्षित वर्गका नागरिकलाई जीवनरक्षामा प्रत्यक्ष सहयोग मिलेको छ,” भन्ने प्रतिक्रिया दिनुभयो।

गाउँपालिकाले सेवा प्रभावकारी बनाउन आवश्यक स्रोत साधन जुटाइरहेको र थप सेवाप्राप्तिको सुनिश्चितताका लागि कार्य गरिरहेको जानकारी पनि अध्यक्ष आचार्यले दिनुभयो।