बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमका बीच  शुक्रबार विद्यार्थी र शिक्षकलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।

वसन्त सदाबर्त गुठीको पहलमा बालकक्षा देखि कक्षा १२ सम्मका विद्यार्थी र शिक्षकलाई झोला वितरण गरिएको हो। साथै, खडानन्दा स्मृति कोषबाट विद्यार्थीहरूलाई जुत्ता वितरण गरिएको छ भने दामोदरी स्मृति अक्षकोषबाट स्टेसनरी सामग्री प्रदान गरिएको छ।

त्यस्तै, भिमकुमारी स्मृति अक्षकोषद्वारा सट पाईट (सजावटका पर्दा) वितरण गरिएको छ। गौरिलाल स्मृति अक्षकोषले कक्षा ११ र १२ का विद्यार्थीलाई वार्षिक रूपमा प्रति विद्यार्थी १० हजार रुपैयाँ बराबरको स्टेसनरी र पढाइ खर्च उपलब्ध गराउने घोषणा गरेको छ।

कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक भरत केसीले बोल्दै शिक्षा नै समृद्धिको मूल आधार भएको उल्लेख गर्दै समुदायको यस्ता सहयोगले विद्यार्थीको अध्ययनमा उल्लेखनीय योगदान पुग्ने बताए।

कार्यक्रममा करिब एक लाख पचास हजार रुपैयाँ बराबरका शैक्षिक सामग्रीहरू वितरण गरिएको जानकारी दिइएको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा विभिन्न कोषका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस कार्यक्रमलाई सामुदायिक शिक्षा सशक्तीकरणतर्फको प्रभावकारी कदमको रूपमा लिइएको छ।