नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा रमेश रोकाको नयाँ गीत “बेनी बजार” सार्वजनिक भएको छ।

 

यस गीतमा देबी घर्ती र ध्रुब जिसीको स्वर रहेको छ भने रमेश रोकाको शब्द, शिब हमालको संगीत रहेको छ। गीतमा चेतन गोतामेको एरेञ्ज रहेको छ भने बिनोद परियारले मिक्सिङ गरेका हुन्।

 

यस गीतको भिडियोमा सरिता दानकोटीको कोरियोग्राफी रहेको छ भने हरी ढकालको छायांकन, बिष्णु खड्काको सम्पादन रहेको छ।

 

उक्त गीतको भिडियोमा दिपेश रोका र सरिता दानकोटीको अभिनय रहेको छ। यस गीतलाई रमेश रोकोको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।