गण्डकी प्रदेशले अण्डर–१८ जुनियर राष्ट्रिय भलिबल प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै पुरुष तर्फ प्रथम र महिला तर्फ तेस्रो स्थान प्राप्त गरेको छ। दुई वर्षपछि पुनः च्याम्पियन बनेको गण्डकी पुरुष भलिबल टिमले गत विजेता लुम्बिनी प्रदेशलाई १–३ सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीहरुको कडा मेहनत, समर्पण र उत्कृष्ट समन्वयले यो ऐतिहासिक उपलब्धि सम्भव भएको हो। पुरुषतर्फको उपाधि जितसँगै महिला टिमले पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ।

यस सफलता पछाडि प्रमुख प्रशिक्षकको भूमिकामा रहनु भएका म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानिया, महिला भलिबल टिमका प्रशिक्षक लेखनाथ लम्साल तथा टिम व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएका गोर्खा जिल्ला भलिबल संघका अध्यक्ष कृष्ण गुरुङको महत्वपूर्ण योगदान रहेको छ।

यस उपलक्ष्यमा गण्डकी प्रदेशका सम्पूर्ण भलिबल प्रेमी, समर्थक र खेलाडी परिवारलाई बधाई ज्ञापन गर्दै प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई विशेष बधाई र धन्यवाद व्यक्त गरिएको छ।

गण्डकी प्रदेशको यो सफलता नेपालको खेलकुद क्षेत्रमा युवाहरुको लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।