२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी सभापति रवि लामिछानेले गएराति जिल्ला प्रहरी परिसर काठमाडौंको बसाइबारे शनिबार आफूलाई जानकारी गराएको बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आज शनिबार बिहान भैरहवा लानुअघि रविसँग भेट भएको जानकारी गराए ।
सो भेटका क्रममा लामिछानेले आफूलाई भनेको कुराबारे पनि उनले खुलाए ।
‘आज बिहान जाँदैगर्दा पनि रविजीसँग मेरो कुरा भएको थियो । उहाँले भन्नुभयो– हेर्नुस् न स्वर्णिमजी, हिजो के के न बित्यो भनेर मलाई यहाँ ल्याए,’ लामिछानेको भनाइ उद्धृत गर्दै वाग्लेले भने, ‘अहिले यहाँ दालभात खुवाएर राखेका छन् । आज पनि बिदा भोलि पनि बिदा छ ।’
लामिछानेलाई शनिबार साँझ प्रहरीको टोलीले धरपकड गरेर पक्राउ गरेको भन्दै उनले भने, ‘सारा कानुनी राजको धज्जी उठडाइएको छ भन्ने आज प्रमाणित भएको छ ।’
अहिले आफ्नो पार्टीलाई सरकारले प्रहार गरिरहेको उनले बताए ।








