२३ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको छ । बिहानदेखि सुरु भएको मतदान केहीबेरअघि साँझ ५ बजे सकिएको हो ।
काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।








