बागलुङ, बैशाख १ –  शैक्षिक परामर्श सेवामा क्रियाशील संस्था Kathmandu Infosys Educational Consultancy (KIEC) ले आज बागलुङमा आफ्नो शाखा कार्यालयको औपचारिक शुभारम्भ गरेको छ। बागलुङ बजारको मध्य भाग बाघको सालीक क्षेत्र को मध्यबजारमा स्थापित यस शाखाबाट स्थानीय विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा मार्गदर्शन प्रदान गरिनेछ।

कार्यक्रमको अध्यक्षता सन्तोष पौडेलले गर्नुभयो। उहाँले शुभारम्भ कार्यक्रममा बोल्दै बागलुङका विद्यार्थीहरूका लागि KIEC शाखाले अवसरको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो। “विदेश अध्ययनको सपना देख्ने विद्यार्थीहरूका लागि अब राजधानी जानु नपर्ने अवस्था सिर्जना भएको छ,” अध्यक्ष पौडेलले भन्नुभयो।

कार्यक्रममा KIEC केन्द्रीय कार्यालयबाट प्रतिनिधित्व गर्दै प्रमुख अतिथि सुमन भण्डारी उपस्थित हुनुहुन्थ्यो। उहाँले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गर्नुभयो। “KIEC ले विगत १८ वर्षदेखि क्यानडा, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, फ्रान्स, आयरल्यान्ड, युके, जर्मनी, न्यूजिल्यान्डलगायत देशहरूमा विद्यार्थीहरू पठाउँदै आएको छ। अब बागलुङबाट पनि गुणस्तरीय सेवा प्रदान गरिनेछ,” प्रमुख अतिथि भण्डारीले भन्नुभयो ।  कार्यक्रमको स्वागत मन्तव्य प्रिया बोहोराले दिनुभएको थियो। उहाँले KIEC बागलुङको सेवामार्फत विद्यार्थीहरूले स्वदेशमै उचित मार्गदर्शन प्राप्त गर्ने अपेक्षा राख्न सकिने बताउनुभयो।

शुभकामना मन्तव्य राख्दै जलजला गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष हरि विकास जिसीले यस्ता संस्थाहरूको उपस्थितिले गाउँस्तरसम्म शैक्षिक अवसरहरू पुर्‍याउने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै अन्य स्थानीय बुद्धिजीवी तथा सरोकारवाला व्यक्तिहरूले पनि शुभकामना मन्तव्य राख्दै KIEC बागलुङको सफलताको कामना गर्नुभयो।

कार्यक्रमको सञ्चालन कृष्ण संयोगले गर्नुभएको थियो।

KIEC बागलुङ शाखाले अबदेखि विभिन्न देशहरू—क्यानडा, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड, बेलायत, जर्मनी, जापान, दक्षिण कोरिया, न्यूजिल्यान्ड लगायत अन्य मुलुकहरूमा अध्ययनको लागि इच्छुक विद्यार्थीहरूलाई आवश्यक परामर्श सेवा, भिषा प्रक्रिया, अभिमुखीकरण कार्यक्रम लगायत सम्पूर्ण सहयोग प्रदान गर्ने जानकारी दिइएको छ।