सामाजिक सेवा र उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै सुबिन श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विभिन्न संस्था र व्यक्तिहरूलाई गरी कुल रु ३०,००० आर्थिक सहयोग गरेका छन्।
श्रेष्ठले बाल संगठन अन्तर्गत सञ्चालित म्याग्दी बालगृहलाई रु १०,०००, बेनी नगरपालिका–७ की मृगौला पीडित जमिला बेगमलाई रु १०,०००,
र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आपतकालीन कोषमा रु १०,००० सहयोग हस्तान्तरण गरेका हुन्।
कार्यक्रमका क्रममा बोल्दै श्रेष्ठले भने,
- “जन्मदिनलाई केवल व्यक्तिगत उत्सवको रूपमा नभई समाजलाई योगदान दिने अवसरको रूपमा मनाउनु पर्छ।
साना सहयोगहरूबाट ठूलो सकारात्मक परिवर्तन सम्भव हुन्छ। भविष्यमा पनि सामाजिक सेवामा निरन्तर लागिरहने छु।”
सुबिन श्रेष्ठको यो सहयोगलाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूले प्रशंसा गरेका छन्।
उनले देखाएको सामाजिक प्रतिबद्धता र सेवा भावले स्थानीय समुदायमा प्रेरणाको स्रोत बनेको छ।








