शिब बोहोरा म्याग्दी, बैशाख २६ गते – प्रत्येक मुलुकको स्थायित्व र समृद्धिका लागि शान्ति र सुरक्षाको व्यवस्था अत्यावश्यक आधार हो। यस सन्दर्भमा, प्रहरी संगठनको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ। स्थानीय तहदेखि राष्ट्र स्तरसम्म कानुन कार्यान्वयन, आपराधिक गतिविधिको नियन्त्रण, सार्वजनिक विश्वासको निर्माण, र सामाजिक सद्भावको प्रवर्द्धनमा प्रहरीको सक्रियता अपरिहार्य हुन्छ।

म्याग्दी जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्दै आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठको योजनाबद्ध, अनुशासित र जनमुखी शैलीले म्याग्दी जिल्लालाई ‘सुरक्षित जिल्ला’ को रूपमा स्थापित गर्न सफल हुनुभएको छ ।  श्रेष्ठको नेतृत्वमा जिल्लाभर अपराध नियन्त्रण, सेवा प्रवाह, मानव अधिकारको संरक्षण, विपद् व्यवस्थापन तथा पर्यटक सुरक्षालगायतका क्षेत्रमा उल्लेखनीय सुधारहरू भएका छन्।

२४ सै घण्टा सेवा, नागरिकमैत्री प्रहरी

श्रेष्ठको कार्यकालमा प्रहरी कार्यालय समयको सीमा भन्दा बाहिर पनि सक्रिय रहँदै आएको छ। अपराध तथा विपद्का घटनाहरूमा दिनरात नभनी तत्काल उद्धार, अनुसन्धान र समन्वय गरिएको छ। नागरिकलाई सहज र विश्वासिलो सेवा दिने उद्देश्यले अल्पसंख्यक र पिछडिएका वर्गहरूलाई विशेष प्राथमिकता दिई सेवा प्रवाह गरिएको थियो ।

– आर्थिक वर्ष २०८०र८१ को चैत्र १५ गतेदेखि हालको २०८१र८२ बैशाख २४ सम्मको अवधिमा म्याग्दी जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक (डीएसपी)  भरत श्रेष्ठले जिल्लामा सुरक्षा मात्र नभई समुदायसँगको सम्बन्ध सुधार र संस्थागत रूपान्तरणका क्षेत्रमा समेत उल्लेखनीय प्रगति गर्नुभएको थियो । भरत श्रेष्ठले नेतृत्व सम्हालेपछि म्याग्दीमा प्रहरी सेवा जनमुखी र परिणाममुखी बन्दै गएको थियो । विगत एक वर्षको अवधिमा उनले गरेका प्रयासहरूले जिल्लाको समग्र सुरक्षा वातावरणमा सकारात्मक परिवर्तन ल्याएको छ।

दुर्गम क्षेत्रमा सेवा विस्तार

जिल्लाका दुर्गम बस्तीहरूमा प्रहरी सेवाको पहुँच पु¥याउन प्रत्येक गाउँ/टोलमा ग्रामीण गस्ती पठाइएको छ। तीन महिनामा एकपटक नागरिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो, सुझाव र आवश्यकताबारे छलफल गरिन्छ। ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम मार्फत पछाडि पारिएका वर्गहरूसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्रवाह गरिएको छ।

प्रहरी र जनसमुदायबीचको दूरी घटाउन  सामुदायिक प्रहरी प्रणालीलाई थप प्रभावकारी बनाउनु भएको थियो । विद्यालय, स्थानीय तह, नागरिक समाज र सञ्चारकर्मीहरूसँगको नियमित समन्वयले अपराध नियन्त्रण, सूचना संकलन तथा जनविश्वास अभिवृद्धिमा उल्लेखनीय भूमिका खेल्नु भएको थियो ।

संस्थागत सुधारको पक्षमा समेत डिएसपी श्रेष्ठले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको थियो । कार्यालय प्रशासनको चुस्त व्यवस्थापन, जनगुनासो सम्बोधन प्रणालीको सुधार, महिला तथा बालबालिकासम्बन्धी मुद्दामा संवेदनशीलता, र भौतिक पूर्वाधार सुदृढीकरणमा समेत विशेष ध्यान दिनु भएको थियो ।

म्याग्दी जिल्लाको शान्ति सुरक्षा र कानूनको प्रभावकारी कार्यान्वयनमा २०८१ साल प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठको नेतृत्व अत्यन्त सफल रह्यो । उहाँको सक्रिय नेतृत्वमा अपराध नियन्त्रण, लागूपदार्थ विरुद्धका अभियान, महिला तथा बालबालिका सुरक्षादेखि लिएर ट्राफिक व्यवस्थापन र सामुदायिक सहभागिता प्रवर्धनसम्मका विभिन्न क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ।

प्रहरी प्रमुखको रूपमा म्याग्दी आइपुगेपछि श्रेष्ठले अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, जनशक्तिको प्रभावकारी परिचालन, चेन अफ कमाण्डको पालन, सुरक्षा निकायहरूसँग समन्वय, र तालुक कार्यालयको निर्देशनअनुसार कार्यान्वयनलाई प्राथमिकता दिनुभयो।

३९ जना फरार अभियुक्त पक्राउ, जघन्य अपराधमा प्रभावकारी अनुसन्धान

२०७८/०८० देखि २०७८/०८२ बैशाख २४ सम्मको अवधिमा ज्यान सम्बन्धी कसूर (६), जबरजस्ती करणी (९), ज्यान मार्ने उद्योग (६), लागूपदार्थ (३), सहकारी ठगी (१), आत्महत्या दुरुत्साहन (३) गरी जघन्य प्रकृतिका ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पठाइएको थियो ।

यो अवधिमा ११३ वटा मुद्दामा १२८ जना प्रतिवादी नामसहित दर्ता भएकोमा ८९ जनालाई पक्राउ गरी कानूनको दायरामा ल्याइएको थियो ।

 

  • लागूपदार्थ नियन्त्रणमा सशक्त अभियान

गाँजा, ट्रामाडोल, डाइजोपाम, फेनारगन, नुर्फिन, खैरो हिरोइन लगायतका लागूपदार्थ ओसारपसार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्यमा प्रहरीले सशक्त कदम चालेको छ। मालिका गाउँपालिका–६ का सबिन विकबाट ४ केजी गाँजा, बेनीका सुदिप बानिया र सुमित भण्डारीबाट ९०० क्याप्सुल ट्रामाडोल, र पूर्णा विकसहित तीन जनाबाट ११९३ क्याप्सुल लागूपदार्थ बरामद गरिएको छ। भारतका अजित पासवानलाई ५.६ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको थियो ।  साथै, विद्यालय तथा समुदायस्तरमा लागूपदार्थ विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सामाजिक जागरण अभिवृद्धि गरिएको थियो ।

  • ट्राफिक व्यवस्थापन र सवारी सुरक्षामा प्रभावकारी पहल

प्रहरी कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने ५,५४० सवारी साधनमाथि कारबाही गरी रु ४४ लाख १० हजार ५ सय राजस्व संकलन गरिएको छ। मापसे मुद्दामा २७४ वटा सवारी साधन कारबाहीमा परेका छन्। जिल्लाका विभिन्न स्थानमा ९०३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदा ४९,०९३ जना नागरिक लाभान्वित भएका छन्। ट्राफिक निगरानीका लागि बेनी नपा–८ मा दुईवटा सिसिटीभी क्यामेरा जडान गरिएको छ।

 

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा ध्यान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत जबरजस्ती करणी, घरेलु हिंसा, बालविवाह, बहुविवाह तथा आत्महत्या न्यूनीकरण सम्बन्धी मुद्दाहरूमा उल्लेखनीय सक्रियता देखिएको छ।

  • ९१० उजुरी व्यवस्थापन

  • पीडितलाई कानुनी परामर्श र सहायता

  • गाउँगाउँमा जनचेतना कार्यक्रम

  • हराएका महिला तथा बालबालिकाको खोजतलास र पुनर्मिल

  • सामुदायिक सम्बन्ध सुदृढीकरण र जनमैत्री प्रहरी सेवा

ग्रामीण गस्ती, नागरिकसँगको प्रत्यक्ष संवाद, सामुदायिक सचेतना कार्यक्रम, तथा नागरिक मैत्री सेवा प्रवाहमार्फत प्रहरीले समुदायसँगको सम्बन्ध थप मजबुत बनाएको छ। हरेक वडामा पुगेर सञ्चालन गरिएका कार्यक्रमहरूले नागरिकको प्रहरीप्रतिको विश्वास बढाएको छ।

  • अवैध क्रियाकलाप नियन्त्रणमा दृढता

कालोबजारी, जुवा, सट्टेबाजी, अवैध नदिजन्य पदार्थ उत्खनन नियन्त्रणमा समेत म्याग्दी प्रहरीले महत्वपूर्ण सफलता हात पारेको छ। सातवटा अवैध उत्खननमा प्रयोग भएका सवारी साधन कारबाहीमा परेका छन्।

  • विपद् व्यवस्थापन तथा सुरक्षा रणनीति

विपद्‌का समयमा आवश्यक स्रोत साधनसहित तत्काल प्रहरी परिचालन गरिने व्यवस्था मिलाइएको छ। शान्ति सुरक्षाको सुदृढीकरणका लागि नियमित गस्ती, सूचना प्रवाहमा बहुपक्षीय समन्वय, र प्रविधिको उच्चतम प्रयोगमार्फत अपराध न्यूनीकरणमा रणनीतिक कदम चालिएको छ।

नवीन प्रविधि प्रयोग गरी अनुसन्धान सशक्त

अनुसन्धान कार्यलाई सशक्त बनाउन वारदातको जानकारी संकलनका लागि सादा पोशाकमा प्रहरी परिचालन, २४ सै घण्टा सिसिटीभी मनिटरिङ, र अपराध अनुसन्धान समूहलाई तालिम प्रदान गरी अपराध तथ्याङ्क विश्लेषणमा सुधार गरिएको छ।

विद्यालय र समुदायमा व्यापक जनचेतना लागूपदार्थ, महिला हिंसा, बालविवाह लगायत विषयमा विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन्, जसले समाजमा प्रहरीको सन्देश पुर्याएको छ।  प्रहरी प्रमुख भरत श्रेष्ठको एकवर्षे कार्यकालमा म्याग्दी जिल्लाको प्रहरी सेवा थप चुस्त, प्रभावकारी र जनउत्तरदायी बनेको महसुस गरिएको छ।

  • म्याग्दी प्रहरीले २०६३ कार्यक्रममार्फत ३४ हजारभन्दा बढी नागरिकलाई लाभान्वित गर्‍यो

 म्याग्दी जिल्लामा प्रहरी प्रमुख डिएसपी भरत श्रेष्ठको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१ भित्र २०६३ वटा विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरी ३४ हजार ९ सय ८ जनालाई प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए ।

समाजमा शान्ति, सुरक्षा र कानूनी सचेतना अभिवृद्धिका लागि सञ्चालन गरिएका यि कार्यक्रममध्ये सबैभन्दा बढी लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम २५२ वटा सञ्चालन गरिए, जसबाट ४४८२ जना नागरिक लाभान्वित भए। त्यस्तै, लागूऔषध दुर्व्यसन न्यूनीकरण कार्यक्रम १९१ पटक सञ्चालन गरिएर ४१६९ जनामा चेतना फैलाइएको छ ।

मानव बेचबिखनविरुद्ध १८४ कार्यक्रम सञ्चालन गरी २९४१ जनालाई लाभ पुग्यो भने आत्महत्या न्यूनीकरण सम्बन्धी १४६ कार्यक्रमबाट २१६४ जनामा प्रभाव पार्न सफल भएको प्रहरीले जनाएको छ ।

त्यस्तै साइबर अपराध सम्बन्धी १४२ कार्यक्रमबाट २१४४ जना, आगो लागी तथा वन डढेलो विषयमा १५१ कार्यक्रमबाट २१२४ जना, जबर्जस्ती करणी विरुद्ध १०६ कार्यक्रमबाट १४४४ जना तथा घरेलु हिंसा सम्बन्धी ११० कार्यक्रमबाट १३६२ जना लाभान्वित भएका छन्।

बालबालिका तथा महिला लक्षित कार्यक्रमहरूमा पनि उच्च सक्रियता देखिएको छ। बाल अधिकार सम्बन्धी १९ कार्यक्रम, बाल दिवस अवसरमा १७ कार्यक्रम तथा विद्यार्थीसँग एक दिन कार्यक्रम अन्तर्गत १० वटा कार्यक्रम सञ्चालन गरियो ।

ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध २३ कार्यक्रम सञ्चालन गरिएको थियो भने नारी दिवस, मजदुर दिवस, होली पर्व, चार्ड पर्व, डेङ्गु रोग, लैङ्गिक हिंसा, कानूनी साक्षरता, सरसफाई जस्ता विविध विषयमा पनि जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।

त्यस्तै, गाँजा फँडानी, बाल श्रम, जुवा तास, जातीय छुवाछुत, बहु विवाह, बाल विवाह, आत्मरक्षा, आफन्तमाझ आत्महत्या न्यूनीकरण लगायतका कार्यक्रमहरू पनि म्याग्दी प्रहरीले जनसहभागितामार्फत सञ्चालन गरेको थियो ।सुरक्षा व्यवस्थाको सुदृढीकरणसँगै समाजमा कानूनी चेतना फैलाउने उद्देश्यले प्रहरीको सक्रियता निकै प्रशंसनीय रहेको स्थानीयवासीहरूको प्रतिक्रिया छ।

म्याग्दी जिल्लामा जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत श्रेष्ठको नेतृत्वमा आ.व. २०८१ को अवधिभर प्रहरी सेवामा उल्लेखनीय सुधार र उपलब्धि हासिल गरिएको छ। अनुशासन, समयपालनता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै उनले प्रहरी संगठनभित्र आन्तरिक सुधारमार्फत आम नागरिकको विश्वास जित्न सफल भएका छन्।

आन्तरिक सुधार र नागरिकमैत्री सेवा प्रवाह

प्रहरी प्रमुख श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समयपालनता, अनुशासन र जवाफदेहितामा विशेष ध्यान दिएका छन्। अपराध र विपद् व्यवस्थापनका घटनामा कार्यालय समयको सीमाना नराखी २४ सै घण्टा सक्रियता देखाइएको छ। अल्पसंख्यक र पछाडि पारिएका वर्गहरूलाई विशेष प्राथमिकतामा राखेर सेवा प्रवाह गरिएको छ। साथै, जिल्लाभित्र रहेका सम्पूर्ण प्रहरी इकाइहरूमा आपराधिक उजुरी दर्ता हुने व्यवस्था लागू गरिएको छ।

जिल्ला ‘सुरक्षित क्षेत्र’ घोषणामा प्रगति

विगतका आर्थिक वर्षहरूको तुलनामा जिल्लामा आपराधिक घटनामा उल्लेख्य कमी आएको जनाइएको छ। कुनै पनि स्थानमा गम्भीर प्रकृतिका घटनाहरू नदेखिएकाले समग्र जिल्ला ‘सुरक्षित क्षेत्र’ को रुपमा मान्न सकिने बताइएको छ।

अपराध अनुसन्धानमा ठूला सफलता

चालु आ.व. २०८१ को बैशाख २४ गतेसम्मको अवधिमा श्रेष्ठको नेतृत्वमा ३९ जना जघन्य अपराधका प्रतिवादी पक्राउ गरी मुद्दा अनुसन्धानसहित जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोजनका लागि पठाइएको छ। तीमध्ये ६ कर्तव्य ज्यान, ९ जवरजस्ती करणी, ६ ज्यान मार्ने उद्योग, ३ लागुऔषध, १ सहकारी ठगी र ३ आत्महत्या दुरुत्साहनका मुद्दा रहेका छन्। यो अवधिमा ११३ वटा मुद्दा दर्ता भई १२८ प्रतिवादीमध्ये ८९ जनालाई पक्राउ गरिँदै कानूनी दायरामा ल्याइएको छ।

दुर्गम क्षेत्रसम्म सेवा विस्तार

दुर्गम बस्तीहरूमा प्रहरी सेवाको पहुँच पु¥याउन प्रत्येक गाउँ/टोलमा ग्रामीण गस्ती परिचालन गरिएको छ। तीन महिनामा एकपटक नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरी स्थानीय तहमा प्रहरी कामकारबाही र सेवा प्रवाहबारे अन्तरक्रिया गरिएको छ। अल्पसंख्यक समुदायलाई लक्षित ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ। विपद् व्यवस्थापन र नागरिकताको सर्जमिनका लागि प्रहरी टोली दुर्गमसम्म पुगेको छ।

मानव अधिकारको सम्मानमा प्रतिबद्धता

प्रहरीको परिचालनमा मानव अधिकारको सम्मान सुनिश्चित गर्न श्रेष्ठको नेतृत्वमा कुनै दमनात्मक कार्य नगरी प्रहरी कर्मचारीहरूलाई नियमित रुपमा मानव अधिकारसम्बन्धी अनुशिक्षण दिइएको छ।

पर्यटक सुरक्षामा विशेष ध्यान

पर्यटकीय स्थलहरूमा सुरक्षालाई प्राथमिकतामा राख्दै घोरेपानीमा ‘पर्यटक प्रहरी’ परिचालन गरिएको छ। पर्यटक आउजाउ हुने पदमार्ग तथा सवारी मार्गहरूमा नियमित गस्ती गरिँदै आवश्यक सल्लाह र सुरक्षा व्यवस्था प्रदान गरिएको छ।

प्रहरीको क्षमता अभिवृद्धिमा तालिम

प्रहरी कर्मचारीहरूको दक्षता बढाउन भिड नियन्त्रण, बल प्रयोग, अपराध नियन्त्रण, मानव अधिकार र विपद् व्यवस्थापनसम्बन्धी शैद्धान्तिक र प्रयोगात्मक तालिमहरू सञ्चालन गरिएका छन्। साथै, अग्नि नियन्त्रण र जंगलमा आगलागी रोकथाम सम्बन्धी अभ्यास गराइएको छ।

बेनी नगरपालिकासँगको समन्वयमा नगर क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेराको नियमित मर्मत गरिँदै २४ सै घण्टा निगरानी गरिन्छ। वडा नम्बर ६ कार्यालयसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ।प्रहरी प्रमुख श्रेष्ठको कार्यकाल सफल बनाउन जिल्ला सुरक्षा समिति, अन्य सुरक्षा निकायहरू, पत्रकार, सरकारी तथा गैरसरकारी संघसंस्था, जनप्रतिनिधि र स्थानीय व्यवसायीहरूको समेत महत्त्वपूर्ण योगदान रह्यो।

०८२ बैशाख २४ म्याग्दी जिल्लामा कार्यरत रहनु भएका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्साल, काठमाडौं सरुवा भएर जानु भएको छ ।