बेनी–दरबाङ सडकखण्डअन्तर्गत डम्बरामा बोलेरो र स्कूटर एकआपसमा ठोक्किँदा स्कूटर चालक गम्भीर घाइते भएका छन् ।
आइतबार दिउँसो करिब ३ बजेतिर डम्बरास्थित सडकमा बोलेरो (ना १ ज १५२३) र स्कूटर (गा २३ प ६७९१) बीच ठोक्किँदा स्कूटर चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
 
								








 
											 
                      
							 
							 
							 
							 
							