काठमाडौँ – गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी ’ सार्वजनिक भएको छ । आफ्नी प्रेमीकालाई गायकले आफ्नो निस्वार्थ प्रेममा कुनै शङ्का नगर्नको लागी आग्रह गरेका छन् ।

भावनात्मकरुपमा प्रेमको सम्बन्ध कालान्तर सम्म जीवित हुने कुरामा गायक ले गायिकालाई विश्वस्त पार्न खोजिएको छ ।

अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमी ल भावहरू भेट्न सकिन्छ ।

उत्तम हुमागाईँको छायाङ्कन , राजेन्द्र पुरी र अर्जुन थापाको सम्पादन रहेको गीतमा शिशिर बुढाथोकी को निर्देशनमा भिडियो तयार गरिएको छ ।

गीतमा दीपेन्द्र गिरी ,आभा थापाको अभिनय रहेको छ ।