म्याग्दी, भदौ २६– म्याग्दी जिल्लाको कारागारबाट भागेका ८८ जना कैदीमध्ये २८ जनालाई सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिई पुनः कारागारमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलका अनुसार, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले ती कैदीबन्दीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा पुनः राख्ने कार्य गरेको हो।
उक्त घटना भएपछि कारागार व्यवस्थापनमा कडाइ गरिँदै पुनः सञ्चालनमा ल्याइएको जानकारी दिँदै पौडेलले बाँकी फरार कैदीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको पनि बताए।
यसबीचमा सुरक्षा व्यवस्था कडा पारिएको छ र सम्भावित स्थानहरूमा खोज तथा निगरानी कार्य भइरहेको प्रहरीले जनाएको छ।








