नेपालको सर्वोच्च पद राष्ट्रपति हो । राष्ट्रपतिलाई नेपालमा महाराजगञ्जमा अवस्थित राष्ट्रपतिको कार्यालयमा राखिन्छ । त्यस कार्यालयलाई शीतल निवास भनेर चिनिन्छ । तर अहिले यो भवनको नाम जस्तो त्यहाँ शीतल वातावरण रहेन । गत सोमबारदेखि प्रदर्शनरत जेनजी पुस्ताका आक्रोशित युवाहरूले मंगलबार अपराह्न शीतल निवासमा आगजनी गरे ।
जेनजी आन्दोलनका कारण क्षति पुगेको ऐतिहासिक भवन शीतल निवासको इतिहास कस्तो थियो रु
१। आजभन्दा १०२ वर्षअघि वि।सं। १९८० मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नी जेठी बडामहारानी लोकभक्तलक्ष्मी देवीतर्फका कान्छा छोरा कृष्ण शमशेरका लागि यो दरबार बनाइदिएका थिए ।
२। इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले यो दरबारको डिजाइन गरेका थिए ।
३। करिब १४० रोपनी जग्गा भित्र बनेको यस दरबारलाई वि।सं। १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पले धेरै क्षति गरेको थियो । त्यसपछि कृष्णशमशेरले मर्मत संहार गरेर आधुनिक तरिकाले निर्माण गरेका थिए । त्यसबेला मर्मतसम्भारका लागि उनले ३ लाख २२ हजार ८०२ रुपैयाँसमेत सरकारलाई उपलब्ध गराएको बताइन्छ ।
४। कृष्ण शमशेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर तत्कालीन सरकारलाई आफ्नो व्यक्तिगत सम्पत्ति दान दिएका थिए ।
५। यस दरबारमा ब्रिटिश महारानी एलिजाबेथ, चीनका प्रधानमन्त्री चाउ एन्लाई, भारतका राष्ट्रपति सर्वपल्ली राधाकृष्णन, सोभियत सङ्घका राष्ट्रपति भोरोस्लोभ, जापानका युवराज अकिहितो, इजरायलका राष्ट्रपति जाल्मन शजार लगायतका उच्च पदस्थ व्यक्ति पाहुना बसेका छन् ।
६। कुनै समय शीतल निवासलाई परराष्ट्र मन्त्रालयको लागि समेत प्रयोग गरिएको थियो । अहिले भने सिंहदरबार भित्रै परराष्ट्र मन्त्रालयले रहेको छ ।
७। शीतल निवासमा लामो समयसम्म भारतीय राजदूतावास पनि राखिएको थियो । भारतबाट बेलायतको उपनिवेशबाट स्वतन्त्रभएपछि नेपालमा कहाँ दूतावास भवन राख्ने भन्ने टुङ्गो नलाग्दा शीतल निवासमा राजदूतावास राखिएको थियो ।
८। सन् १९५२ देखि ५४ सम्म नेपालका लागि भारतीय राजदूत रहेका बालचन्द्र गोखलेको छोराको विवाह समारो शीतल निवासमै भएको थियो । अनि, प्रथम राष्ट्रपति रामवरण यादवका नाती र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीबिचको विवाह पनि शीतल निवासमै भएको थियो ।
९। तर, गणतन्त्रको स्थापनापछि वि।सं। २०६५ साल असार २० को मन्त्रीपरिषद्को निर्णय बमोजिम नेपाल सरकारले यस दरबारलाई राष्ट्रपति भवनमा परिणत गरेको हो । त्यसयता शीतलनिवासमा राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको निवास रहेको छ ।
१०। ‘स्टेट गेस्ट हाउस’ बनाउने मूल उद्देश्य साथ दाता कृष्णशमशेरले यो भवन दान गरेका थिए । सुरुका दिनहरूमा त्यसो गरिएपछि कालान्तरमा गरिएन । हालसम्म यस दरबारमा नेपालमा तीन राष्ट्रपति बसिसकेका छन् ।








