म्याग्दी जिल्लाको बेनी नगरपालिका–८ कालिपुल बसपार्क नजिकै गण्डकी होटल एण्ड रेष्टुरेन्ट स्थित कालिगण्डकी नदी किनारमा टिकटक बनाउने क्रममा एक युवक बेपत्ता भएका छन् । शुभकालिका गाउँपालिका–८, कालिकोट घर भई हाल म्याग्दी रघुगंगा गाउँपालिका–८, कुईने मंगले बसोबास गर्दै आएका कालिकोट जिल्ला शुभकालिका गाउँपालिका–८ घर भएका अन्दाजी २२ बर्षिय सदान्द पोखरेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
’ढुंगाबाट चिप्लिएर खसेको जानकारी आएलगत्तै खोजीकार्यमा जुटेका छौ, अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन’ सूचना अधिकारी पौडेलले भन्नुभयो । रघुगंगा गाउँपालिका–८,कुईनेमंगलेमा निर्माणाधिन ठुलोखोला हाईड्रोपावरमा काम पोख्रेलले होटलबाट तल गएर नदीमा टिकटक, फोटो खिचिरहेको अवस्थामा एक्कासी खसेपछि प्रहरीलाई खवर गरेका थिए । बेपत्ता पोख्रेललको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक शुर्यबहादुर थापाको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोली खटिएका छन् ।








