बेनी, म्याग्दी।
नमस्ते ट्रेडर्स–२ द्वारा विजयादशमी, शुभ–दीपावली तथा छठ पर्व २०८२ को अवसरमा सञ्चालन गरिएको भाग्यशाली उपहार कुपन कार्यक्रम अन्तर्गत प्रथम उपहार खुलाइएको छ।
आज मंसिर ५ गते, दिउँसो २ बजे नमस्ते ट्रेडर्स–२, हरिपट्टनचोकमा लाइभ कार्यक्रममार्फत कुपन खोलीदा प्रथम उपहार iPhone 13 बेनी नगरपालिका–४ सिगा निवासी पवित्रा किसानको नाममा खुलेको छ।
त्यस्तै दोस्रो उपहार SMART PHONE २ जनालाई ,तेस्रो उपहार BOAT AIRBUDS १० जनालाई ,चौथो उपहार SMART WATCH १० जनालाई ,सातौँ उपहार NECK BAND १५ जनालाई परेको छ ।
नमस्ते ट्रेड–२ का प्रोपाइटर प्रो. ईश्वर आचार्यले भने, “हाम्रो मुख्य उद्देश्य ग्राहकहरूलाई उत्कृष्ट सेवा र विश्वास दिलाउनु हो। चाडपर्वको शुभअवसरमा सञ्चालन गरिएको यो कुपन कार्यक्रममा हजारौँ ग्राहकको सहभागिता हुनु नै हाम्रो लागि ठूलो प्रोत्साहन हो। भाग्यशाली विजेता पवित्रा किसानलाई हार्दिक बधाई छ। आगामी दिनमा हामी अझै आकर्षक योजना र अफर लिएर आउनेछौँ।”
कार्यक्रममा उपस्थित ग्राहक तथा अनलाइन दर्शकहरूबीच उत्साहपूर्ण वातावरणमा उपहार विजेताहरू घोषणा गरिएको थियो। नमस्ते ट्रेडर्स–२ का व्यवस्थापकहरूका अनुसार विजेताले आवश्यक कागजातसहित उपहार लिन नमस्ते ट्रेडर्स–२ को कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
नमस्ते ट्रेडर्स–२ ले ग्राहकहरूको निरन्तर समर्थनप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ आकर्षक योजनाहरू ल्याउने जनाएको छ।








