काठमाडौँ कन्स्ट्रक्टिङ र स्मृति गार्मेन्टको प्रस्तुतिमा तयार गरिएको ‘मनमुटुमा’ एल्बम शुक्रबार सार्वजनिक गरिएको छ। सर्जक सागर सुनार रसाइलीको शब्द र सिर्जनामा बनेको छ . एल्बममा गायक–गायिका शान्ति श्री परियार र अनिल बि.क.को स्वर समावेश गरिएको छ। गीतको लय अनिल बि.कले तयार गरेका हुन्।
म्युजिक भिडियोमा स्मृति थापा र सागर सुनार रसाइलीले अभिनय गरेका छन्। भिडियोको निर्देशन कृष्ण सेन्चुरीले गरेका हुन्। छायांकनको जिम्मा भबिन तामाङ र प्रेम गिरिले सम्हालेका छन्।
गीतको एरेन्ज झलक संगीतमले गरेका छन् भने मिक्सिङ तथा माष्टरिङ संजय श्रीपालले सम्पन्न गरेका छन्। रेकर्डिङ कार्यमा गोविन्द वली, रमेश नेपाली र दिवस थापा मगरको भूमिका रहेको छ।
स्टुडियोका रूपमा मुर्चुङ्गा डिजिटल (काठमाडौं) र बाँसुरी डिजिटल (पोखरा) प्रयोग गरिएको हो।
म्युजिक भिडियोको सम्पादन रोशन धितालले गरेका छन्।
एल्बम युट्युब च्यानल ‘कुलेद्र विश्वकर्मा’मार्फत सार्वजनिक गरिएको छ।








