म्याग्दी जिल्ला, बेनी नगरपालिका–७ आराध्यचोकस्थित नेपाल भाषा मंकाखलको सभाहलमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रमेश गिरिको अध्यक्षता र म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरू, स्थानीय उपभोक्ताहरुको उपस्थिती रहेको थियो। साधारण सभाको उद्देश्य बेनी क्षेत्रमा देखिएका खानेपानीसम्बन्धी समस्याहरूको समीक्षा, समाधानका उपाय र संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी कार्ययोजनाबारे मार्गनिर्देशन गर्नु रहेको जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले भने:
“खानेपानी सेवा नागरिकको आधारभूत आवश्यकता हो। उपभोक्ताले गुणस्तरीय र नियमित सेवा पाउन सहयोगी भूमिकामा सबै सरोकारवाला एकसाथ अघि बढ्न आवश्यक छ।”

त्यसैगरी संस्थाका अध्यक्ष रमेश गिरिले भने:
“छिमेकी बस्तीमा समेत प्रभाव पार्ने गरी निरन्तर खानेपानी सुधारका कार्यक्रम अघि बढाइएका छन्। उपभोक्ताको विश्वास र सहभागिताले नै संस्थाको उन्नति सम्भव भएको छ।”

कार्यक्रम विभिन्न विषयगत समीक्षा, आगामी योजना प्रस्तुतिकरण तथा छलफलसँगै सम्पन्न गरिएको संस्थाले जनाएको छ।