म्याग्दी — राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशले समानुपातिक निर्वाचनका उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत म्याग्दी जिल्लामा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ।
समानुपातिक निर्वाचनका लागि योग्य, सक्षम र जनतासँग नजिक रहेका नेतृत्वको पहिचान गर्ने उद्देश्यले गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। लिडरशिप एकेडेमी तथा पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक पहुँच) मापनका लागि उम्मेदवारहरू जिल्लाका विभिन्न स्थानीय तहमा खटिएर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिरहेका छन्।

कार्यक्रमका क्रममा म्याग्दी जिल्लामा आएका समानुपातिक उम्मेदवारहरू सम्बन्धित गाउँपालिकाका विभिन्न वडामा पुगेर घरदैलो अभियानमा संलग्न छन्। यसअन्तर्गत उम्मेदवारहरूको नेतृत्व क्षमता, राजनीतिक पहुँच र जनसम्बन्धको व्यावहारिक मूल्यांकन भइरहेको आयोजकले जनाएको छ।
घरदैलो कार्यक्रमका लागि खटाइएका उम्मेदवारहरू यसप्रकार रहेका छन्—

सुदेश गुरुङ — अन्नपूर्ण गाउँपालिका
टेकबहादुर पुन — धौलागिरी गाउँपालिका
प्रदिपा गुरुङ — मंगला गाउँपालिका
तैमाया गुरुङ — रघुगङ्गा गाउँपालिका
दिल्लीराम कोइराला — मालिका गाउँपालिका

उम्मेदवारहरूको लिडरशिप एकेडेमी मापनलाई प्रभावकारी बनाउन जिल्लास्तरीय पार्टी कार्यकर्ताहरूले सहजीकरण गरिरहेका छन्।
कार्यक्रमबाट समानुपातिक निर्वाचनका लागि योग्य, सक्षम र जनतासँग नजिक रहेका उम्मेदवार छनोटमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक पक्षले जनाएको छ।