आगामी निर्वाचनका लागि म्याग्दीबाट डा. महाविर पुनको स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी जिल्लाबाट म्यागासेसे पुरस्कार विजेता तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले स्वतन्त्र उम्मेदवारी दिने दिनु भएको छ । आज मंगलबार डा.पुन म्याग्दी निर्वाचन कार्यालयमा पुगेर उम्मेद्बारी दर्ता गर्नु भएको छ ।

लामो समयदेखि नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा क्रियाशील डा. पुनले देशको आर्थिक विकास र समृद्धिका लागि नीति निर्माण तहमा पुग्नु आवश्यक रहेको बताउँदै उम्मेदवारी दिने निर्णय लिनुभएको हो। म्याग्दीकै नागीमा जन्मिनुभएका पुनले आफ्नो गृहजिल्लाबाटै राजनीतिक यात्रा सुरु गर्ने भएपछि स्थानीयस्तरमा निकै उत्साह देखिएको छ।

उम्मेदवारी घोषणा गर्दै भनु डा. पुनले भन्नुभयो, “देशलाई प्रविधि र उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्नु मेरो मुख्य लक्ष्य हो। दलगत राजनीतिभन्दा माथि उठेर देश विकासका लागि म्याग्दीका जनताले मलाई साथ दिनेमा म विश्वस्त छु।”
सामाजिक कार्य र ग्रामीण इन्टरनेट प्रवर्द्धनमा विश्वस्तरमै ख्याति कमाउनुभएका डा. पुनको प्रवेशले म्याग्दीको निर्वाचन रोचक हुने देखिएको छ।