शिब बोहोरा
२२ चैत, म्याग्दी।

म्याग्दी जिल्लाको पश्चिमी भेगमा अवस्थित ज्यामरुकोट, अतीतको स्मृति बोकेको एउटा सुन्दर गाउँ हो। यहाँको फाट, डाँडा, र बाटोघाटो जति पुराना छन्, त्यति नै पुरानो र महत्वपूर्ण छ – गाउँको मुटुमा रहेको त्यो ऐतिहासिक कुवा।यो कुवा केवल पानीको स्रोत मात्रै होइन, सदियौँदेखि गाउँलेहरूको जीवनशैली, संस्कृति र सभ्यताको केन्द्र रहँदै आएको छ। गाउँका बुढापाकाहरू भन्छन् – “यस कुवाको पानीले हाम्रो गाउँ बाँचेको हो। पहिलेको जमाना त यस्तो थियो, जब न त पाइपलाइन थियो, न त धारा। यहीँको पानीले खेती हुन्थ्यो, यहीँले गाग्रो भरिन्थ्यो, अनि यहीँ भेट हुन्थ्यो, प्रेम हुन्थ्यो।”

म्याग्दीको जयामरुककोट । प्रशस्तै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । त्यहाँको प्राकृति सुन्दरता,जैविक विविधता , ऐतिहासिक र धार्मिक संरचना पर्यटकको लागि आकर्षक गन्तब्य हुन ।
चाँदी जस्तै टल्क टल्किने सेतामे अग्ला÷होचा हिमाल र डाडा काँडाको बिचमा ज्यामरुकोट गाउँ पारि दक्षिण पटि पन्चकोट उत्तरमा धौलागिरी हिमाल हासी रहेको छ पारी पटि पर्बतको निकै पर्यटकिय स्थान मल्लाजको दरबार । ज्यामरुककोट त्यो क्षेत्र हो जहाँबाट मनखोलेर पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

वारीपारि अग्ला–होचा डाडा काडा मिलेर बनेको गाउँ लाग्छ कि धौलागिरी हिमालको आगनमा ज्यामरुकोट गाउँ नाचिरहेको छ । बेनि नगरपालिका–२ ज्यामरुकोट म्याग्दी बाइसे चौबीसे राजाले राज्य गरेको ठाउँ ज्यामरुकोट राज्य साबिकको ज्यामरुकोट गाबिस गौशारको शिरदेखी रत्नेचौरको फेदसम्म र मालिकाको धुरीसम्म ज्यामरुकोट राज्य आहा लाग्छ स्वर्गको टुत्रा धर्तीमा भएको आभास हुन्छ । ज्यामरुकोटे अन्तिम मल्लराजा भर्तिबम मल्लका दाजु भाइहरुले राज्य गरेका ताकम , ढोलठान र ज्यामरुककोटमा राज्य गरेको इतिहास रहेको छ । पुछारमा म्याग्दी नदि उत्तरमा हिमशृङखला , धौलागिरीको काख बाट बग्दै आएको कालीगण्डकी नदि र ताकमकोट र ढोलठानको एतिहासिक स्थानको भूगोल पनि करिब करिब मिल्दोजुल्दो रहेको छ ।

ज्यामरुककोटमा रहेका मौलो , भाला , खुडा , खुकुरी र तलवार , छेलो , दरबारको भत्किए गाह्रो र घण्टहरुले मल्लकालिन समयलाइ जनाउछ ।  इतिहास जिउँदो छ । जब १६ औं शताब्दीमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गयो । राज्यमा पानीको अभावले मान्छे प्याक प्याक भएका थिए । राजाले आफ्नो प्रजाको लागी दिन राता गरेर कुवा खोज आफ्नो सैनिकलाइ लगाउनु भयो “ कुवा खोज्दै जाँदा सात्लेपानीमा पानीको मुहान भेटाए पछि “ राज्यका जनताको सुबिधा लागी भर्तिबम मल्ल त्यहा कुँवा खन्न लगाउनु भयो ।

राजाकुवा इतिहासकै गर्भमा लोप
ज्यामरुककोटे राजा भर्तिवम मल्लले पानी खाने राजकुवा संरक्षणको अभावमा अलपत्र परेको छ । तत्कालीन राजा भर्तिवमले आफू र आफ्ना राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६ औं शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहाँसिक सम्पदा भएता पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा अहिले सो सम्पदा अन्य सम्पदा झैं इतिहाँसकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको हो ।

वडा कार्यालयको तल्लोपट्टी बाटोको छेउमा नै रहेको सो कुवाको संरक्षणमा कसैले पनि चासो नदिँदा अहिले पुरिने अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । राजा भर्तिबम मल्लले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा वनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ ।

 

सामुदायिक सम्बन्धको केन्द्र

कुवा केवल पानी भर्ने ठाउँ थिएन – यो सामाजिक अन्तर्क्रियाको केन्द्र पनि थियो। बिहान-बेलुका गाग्रो भर्न आउने महिलाहरूबीच हाँसोठट्टा, गीतसङ्गीत, र अनुभव साटासाट यतै हुन्थ्यो। यहीँ बसेर केटीहरू आउँदा केटाहरू बाटो ताक्थे, आँखा जुधाउँथे – गाउँका धेरै प्रेमकथा यहीँबाट सुरु भएका हुन्।

विलय हुँदै गएको विरासत

तर, समयसँगै यो कुवाको महत्त्व कमिँदै गएको छ। अहिले गाउँमा अधिकांश घरहरूमा धारो जडान भइसकेको छ। युवापुस्ताको ध्यान मोबाइल र सहरतर्फ छ। कुवाको वरिपरि झारपातले ढाक्न थालेको छ। कहिलेकाहीँ बुढापाका मात्रै आउने गर्छन् – ती पनि नानीहरूलाई देखाउँदै भन्छन्, “हे नानू, हामी यहीँ पानी भर्न आउँथ्यौँ।”

यो कुवा कुनै साधारण संरचना होइन – यो जीवित इतिहास हो। यसको संरक्षण आजको आवश्यकता हो, नत्र केही वर्षमै यो खाडलमा रूपान्तरण हुनसक्छ। यदि स्थानीय निकाय, समुदाय र युवापुस्ता मिलेर यसको संरक्षणमा लागे, भने यो कुवा भावी पुस्ताका लागि एउटा प्रेरणादायी स्थल बन्न सक्छ।

ज्यामरुकोट जस्तो सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको गाउँको कुवा संरक्षणका लागि बेनी नगरपालिका र वडा नं २ ले अग्रसरता लिनु आवश्यक छ। कुवा जस्तो परम्परागत संरचनालाई स्थानीय पर्यटन, शिक्षा, तथा सांस्कृतिक सम्पदा संरक्षणको दृष्टिकोणबाट हेर्नुपर्छ।

यदि नगरपालिकाले कुवाको संरक्षण, सरसफाइ, वरिपरिको वातावरण सुधार, तथा सूचना पाटी राख्ने जस्ता कार्यहरू अगाडि बढायो भने यसले स्थानीयहरूलाई आफ्नो इतिहासप्रति गौरव गर्न मद्दत मिल्नेछ। साथै विद्यालय स्तरमा ‘स्थानीय सम्पदा’ विषयमा यस्ता संरचनाको अध्ययन गराउने कार्यक्रम ल्याउन सके यो नयाँ पुस्ताका लागि सिकाइको स्रोत बन्न सक्छ।

वडा कार्यालयले यस कुवाको दिगो संरक्षणका लागि ‘सामुदायिक सहभागिता’मा आधारित योजना बनाउन सक्छ – जस्तै, नियमित सरसफाइ अभियान, परम्परागत गीत(नाचसहितको ूकुवा महोत्सवू आयोजना गर्ने जस्ता पहलहरूले गाउँमा चेतना र चासो दुबै बढ्नेछन्।