२७ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९।६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको छ ।

कारोबारका क्रममा दिउँसो ११ स् ४४ बजे नेप्से परिसूचक २७०१ अंकसम्म पुगे पनि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चियो । १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने एउटाको स्थिर रह्यो ।

 

यस दिन बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०।०३ तथा व्यापार ०।४० प्रतिशत घटे । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २।४४ प्रतिशत बढ्यो ।

विकास बैंक ०।२९, फाइनान्स ०।३४, हाइड्रोपावर ०।०८, लगानी १।४८, जीवन बीमा ०।२२, उत्पादन १।३६, माइक्रोफाइनान्स ०।२२, निर्जीवन बीमा ०।६५, अन्य ०।३६ प्रतिशत बढे ।

 

नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य अब केही दिन लगातार १० प्रतिशत बढ्नेछ । त्यस्तै विन नेपाल लघुवित्तको ७।९९, बोटलर्स नेपाल बालाजुको ५।१६, सोल्टी होटलको ३।९२, ङादी ग्रुप पावरको ३।३६ प्रतिशत मूल्य बढ्यो ।

सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ७।४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् क्रमशः अगाडि रहे ।